पर्सा जिल्ला अदालतका न्यायाधीश र कर्मचारी सहित खोप अभियान अन्तर्गत अन्तिम दिन आज ३६२ जना गरि पर्सा जिल्ला भरी जम्मा ४५४० जनाले खोप लगाए ।

अजित भुजेल

बिरगंज , फागुन १० गते सोमबार ।

कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत पर्सा जिल्लामा पहिलो चरणको अभियानलाई सोमबार पनि निरन्तरता दिइएको छ ।

भारतले अनुदानमा पठाएको १० लाख खोप अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सफाईकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको थियो भने पहिलो चरणको नौ दिन पनि सन्चारकर्मीहरु, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मी बैंकर्स, सरकारी कर्मचारी बिधुत कर्मचारी विभिन्न संघ संस्था लगायत पर्सा जिल्ला अदालतका न्यायाधीश तथा सम्पुर्ण कर्मचारी हरुले खोप लगाएको जानकारी पर्सा स्वास्थ्य कार्यालय बाट खटिएकि जाश्मिन दवाडीले जानकारी दिनुभयो।

वीरगंजस्थित नारायणी अस्पतालमा खोप अभियानको सोमबार नौ दिन पहिलो चरणको खोप लागाउने अन्तिम दिन महिला र पुरुष गरि ३६२ जनाले कोरोना विरुद्धको खोप नि:शुल्क रुपमा लगाएका छन् भने आज नौ दिन को अन्तिम समय सम्ममा पर्सा जिल्लाको विभिन्न स्थान गरि ४५४० जनाले खोप लगाएको दवाडीले जानकारी समेत गराइन।

त्यसैगरी खोप दिनेहरुमा स्वास्थ्य कार्यालयबाट खटीएका सृष्टि बिष्ट, पुजा ठाकुर, सपना ठाकुर, मनिषा प्रजापति, शुस्मा यादब , चन्द्र मोहन मिश्रा , सोनी कुमारी दास रहेकी थिइन् भने श्रवण कुमार यादव, नजिरा खातुन, समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close