कोरोना भाइरसः यी मुलुकबाट नेपाललगायत अन्य देशले सिक्नुपर्ने सात पाठ

श्चिम देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि नभइसकेको भनिएतापनि कोरोनाको उच्च जोखिम नियन्त्रणका लागि  नेपाल अहिले ‘सेमी लकडाउन’ को स्थितीमा छ ।

थुप्रै देशले स्थिती नियन्त्रणका लागि कडा कदम उठाएका छन् ।

यसमा स्कूल, कलेज बन्द गर्नेदेखि विभिन्न प्रकारका प्रतिबन्ध समावेश छन् ।

पश्चिमी देशसँग तुलना गर्ने हो भने सिंगापुर, हङ्गकङ्ग र ताइवानमा थुप्रै हप्ताअघि नै कोरोना भाइरस फैलिएको थियो ।

तर चीनको नजिकै भएपनि यी एशियाली देशमा संक्रमणको मामला संसारका अन्य देशको तुलनामा निकै कम छ ।

यी देशले आखिर त्यस्तो के गरे जुन अन्य देशका लागि पाठ बन्न सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

पहिलो पाठः गम्भीरता अपनाउनुहोस् र तुरुन्त व्यवहारमा उत्रनुहोस्

स्वास्थ्य विशेषज्ञ संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक कदमको विषयमा एकमत छन् – धेरैभन्दा धेरै परीक्षण गर, संक्रमितलाई अलग राख र सोसल डिस्ट्यान्सिङ अर्थात् भीडभाडमा जान र मानिसहरुको नजिक जानबाट बच ।

अब पश्चिमी देशमा यस्ता कदम उठाइँदैछन् तर समस्या यो हो कि विभिन्न देशले तुरुन्त यसलाई व्यवहारमा उतार्न सकेनन् । विश्व स्वास्थ्य संगठनमा रिसर्च पोलिसीका पूर्व निर्देशक पंगेस्तू भन्छन्, ‘अमेरिका र ब्रिटेनले एक अवसर गुमाएको छ । उनीहरुसँग दुई महिनाको समय थियो तर उनीहरुलाई लाग्यो कि चीन निकै टाढा छ त्यसकारण केही हुँदैन ।’

विश्व स्वास्थ्य संगठनलाई चीनले गत डिसेम्बर ३१ तारिखमा नै ‘सार्स जस्तै रहस्मयी निमोनिया’ बारे जानकारी दिएको थियो । त्यतिबेलासम्म यो मानिस–मानिसबीच फैलन्छ भनेर पुष्टिसमेत भएको थिएन । भाइरसबारे खासै जानकारी पनि थिएन तर तीन दिनभित्र सिंगापुर, ताइवान र हङ्गकङ्ले आफ्नो सीमामा स्क्रिनिङ सुरु गरिदिए ।

ताइवानले ऊहानबाट आउने विमानका यात्रीलाई ओर्लनु अघि नै परीक्षण पनि गर्यो । पछि वैज्ञानिकहरुले लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाइरहेको बारे तथ्य फेला पारे । त्यसकारण कोरोनाको पुष्टिका लागि परीक्षण गर्नु निकै महत्वपूर्ण भयो ।

दोस्रो पाठः परीक्षणलाई सुलभ र सस्तो बनाइयोस्

सुरुमा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भयो । तर यो देशले संक्रमणको पुष्टि गर्नका लागि टेस्ट किट विकसित गर्यो र २ लाख ९० हजारभन्दा बढीको परीक्षण गर्यो । यहाँ हरेक दिन करिब १० हजार व्यक्तिको निःशुल्क परिक्षण भइरहेको छ ।

नेशनल युनिभर्सिटी अफ सिंगापुरमा इमर्जिंग इन्फेक्सियस डिजिजेजका प्राध्यापक ओई इंग इयांन्ग भन्छन्, ‘जसरी उनीहरुले प्रबन्ध मिलाए र जनताको परीक्षण गरे त्यो कमाल छ ।’

सन् २०१५ मा जब मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम फैलिएको थियो तब दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको थियो । त्यतिबेलादेखि यहाँ संक्रमित रोगको परीक्षणको मञ्जुरीका लागि विशेष व्यवस्था मिलाइएको छ । यसमार्फत् तुरुन्त परीक्षण गर्न सकिन्छ ।

यस्तै, अमेरिकामा परीक्षण गर्न ढिलाई गरियो । सुरुवाती टेस्ट किट बिग्रिएका थिए र नीजि प्रयोगशालामा गरिएको परीक्षणले मञ्जुरी पाउन ढिलाई भयो । धेरैले यो परीक्षण महँगो भएका कारण गराएनन् । पछि कानून बनाइयो र सबैका लागि निःशुल्क परीक्षणको बन्दोबस्त मिलाइयो ।

यसैबीच ब्रिटेनले अस्पतालमा भएकाहरुको पालैपालो परीक्षण गरिने बतायो । यसले कोरोनाको लक्षण नदेखिएका तर संक्रमित व्यक्तिको पहिचान गर्न मुश्लिक बनायो । प्राध्यापक पगेस्तूले भने, ‘कुनै देशमा त परीक्षणका लागि पर्याप्त उपकरणसमेत छैनन् ।’

यद्यपि, उनले व्यापक स्तरमा परीक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले भने, ‘यसो गरे यता उती डुलेर अरुलाई पनि संक्रमण फैलाइरहेका लक्षण नदेखिएका कोरोनाका संक्रमितको पनि पहिचान हुनसक्छ ।’

तेस्रो पाठः पहिचान गर्नुहोस् र छुट्टै राख्नुहोस्

जुन व्यक्तिमा लक्षण देखिएको छ उनीहरुको पहिचान गर्नु मात्रै पर्याप्त होइन । उनीहरु क–कसको सम्पर्कमा आइरहेका छन् यसबारे पत्ता लगाउन पनि निकै महत्वपूर्ण छ । सिंगापुरमा जासुसले ६ हजार यस्ता व्यक्तिको सिसिटिभी फुटेजलगायतको माध्यमले पहिचान गरे जो संक्रमित व्यक्तिको सम्पर्कमा हुनसक्थे ।

त्यसपछि उनीहरुको समेत परीक्षण गरियो र उनीहरुलाई स्पष्ट नतिजा नआएसम्म एक्लै बस्न आदेश दिइयो ।

जुन व्यक्तिलाई एक्लै बस्न भनिएको छ उनीहरुले यस्तो गरे नगरेको परीक्षण गर्नका लागि विभिन्न तरिका अपनाइएको छ । हङ्गकङ्गमा विदेशमा आउने व्यक्तिको पाखुरामा एउटा इलेक्ट्रिक ब्रासलेट लगाइन्छ जसले उनीहरुको हिँडाई ट्र्याक गर्छ ।

चा

चौथो पाठः अधिकार र स्वतन्त्रता

सिंगापुरमा जुन व्यक्तिलाई घरमा छुट्टै बस्न भनिएको छ उनीहरुलाई दिनको थुप्रै पटक सम्पर्क गरिन्छ र उनीहरु कहाँ छन् भनेर पत्ता लगाउनका लागि फोटोसमेत मगाइन्छ ।

सिंगापुरमा जुन व्यक्तिलाई घरमा नै बस्न भनिएको छ, यदि उनीहरुले आदेशको उल्लंघन गर्छन् भने उनीहरुमाथि भारी जरिवाना लगाइन्छ र जेलसम्मको सजाय हुनसक्छ । एक यस्तै व्यक्तिको सिंगापुरमा बस्ने अधिकारसमेत खोसिएको छ ।

थुप्रै पश्चिमी देश यस्तो प्रकारको कदम उठाउन सकिरहेका छैनन् किनभने त्यहाँ जनसंख्या धेरै छ र नागरिकको अधिकार र स्वतन्त्रता पनि धेरै छ ।

प्राध्यापक ओई भन्छन्, ‘हाम्रो जनसंख्या कम भएर यस्तो गर्न सफल भएका हौं । संसारभरीका देशले यस्तो गर्न सक्दैनन् । हाम्रै बाटोमा हिँड्नुपर्छ भन्ने छैन, हरेक देशले आफ्नो हिसाबले सिस्टम बनाउनुपर्नेछ ।’

पाँचौं ​ पाठः समय हुँदा नै सामाजिक दुरी (सोसल डिस्टेन्सिङ)

कुनै पनि व्यापक संक्रमणलाई रोक्नका लागि सोसल डिस्टेन्सिङ सबैभन्दा उत्कृष्ट तरिका मानिन्छ । तर यसो गर्न जति ढिला गरियो त्यति नै स्थिती नियन्त्रणका लागि अत्यधिक प्रयास गर्नुपर्छ । चीनको ऊहानमा जहाँबाट कोरोना फैलियो, शट डाउन हुनुअघि नै ५० हजार मानिस त्यहाँबाट अन्यत्र गइसकेका थिए ।

इटली र स्पेन दुबैलाई राष्ट्रिय स्तरमा लकडाउन गर्नुपर्ण किनभने त्यहाँ प्रभावित व्यक्तिको संख्या हज्जरौंमा पुगेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा पनि मानिसहरुलाई घरभित्रै बस्न भनिएको छ । उनीहरु अत्यावश्यक घरेलु सामग्री जस्तै अन्न, सागसब्जी र फलफूल किन्नका लागि घरबाट बारिह निस्कन सक्छन् ।

सिंगापुरमा धेरै संख्यामा मानिसहरुलाई भेला हुन रोक लगाइएको छ । हङ्गकङ्गमा स्कूल बन्द गरिएको छ र मानिसहरुलाई घरबाट काम गर्न भनिएको छ । तर पनि त्यहाँका रेष्टुरेन्ट र बार खुल्ला छन् ।

प्राध्यापक ओईका अनुसार सोसल डिस्टेन्सिङ लागू गर्न सरकारले लिएको समयले यहाँ अन्तर देखाउँछ । उनी भन्छन्, ‘धेरैजसो देशले त्यतिबेला नियम बनाए जब संक्रमण निकै बढेको थियो । यस्तोमा उनीहरुले कडा कदम उठाउनु पर्यो ।’

स्कूल बन्द गर्ने वा मानिसहरु जम्मा हुँदा लाग्ने सरकारी प्रतिबन्धबाहेक मानिसहरुको आफ्नो इच्छाले पनि सोसल डिस्टेन्सिङको सफलता निर्धारण गर्छ । त्यसकारण जनतालाई जागरुक गर्नु र मानिसहरुको व्यवहारले पनि निकै महत्व राख्छ ।

छैटौं पाठः जनतालाई जानकारी दिइरहनुहोस्

प्राध्यापक पंगेस्तू भन्छन्, ‘जबसम्म जनताले सहयोग पाउँदैनन् तबसम्म सबै नीति र कदम बेकार हुन्छन् । सबैभन्दा महत्वपूर्ण के हो भने तपाईंले जुन नीति बनाउनु भएको छ, त्यसको वैज्ञानिक आधारबारे जानकारी दिँदै जनतालाई विश्वास दिलाउनुपर्छ । ’

चीनको यसकारण आलोचना भयो किनभने उसले संत्रमण फैलिएको कुरा स्विकार गर्न ढिलाई गर्यो । उसले ऊहानमा ठूला राजनीतिक र्याली हुन दियो । प्रशासनले ती डाक्टरलाई सजाय दियो जसले खतराबारे पूर्व जानकारी दिएका थिए ।

अब भाइरस फैलनबाट रोक्न जुन कदम चीनले उठायो त्यसको तारिफ भइरहेको छ । चीनले थुप्रै शहर लकडाउन गर्यो र अस्पतालको क्षमता बढायो । तर यस्तो कडा कदम त्यतिबेला मात्रै उठाउनुपर्छ जब सुरुवात ढिलो गरिन्छ ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आउटब्रेक र टेस्ट किट्सबारे अधिकारीको धारणाभन्दा भिन्न बयान दिएका छन् । सरकारले पनि कतिजनाको परीक्षण गरियो भनेर सही जानकारी दिएन किनभे धेरै नीजि प्रयोगशालाले पर्याप्त जानकारी दिइरहेका थिएनन् ।

प्राध्यापक ओई भन्छन्, ‘संक्रमणको विषयमा जानकारी पारदर्शी हुनुपर्छ । हङ्गकङ्गले अनलाइन ड्याशबोर्ड बनाएको छ जहाँ कुन घरका व्यक्तिलाई कोरोना संक्रमण पाइएको छ भनेर हेर्न सकिन्छ । दक्षिण कोरियाले मानिसहरुलाई मोबाइलमार्फत् उनीहरुको आसपास कोही बिरामी छन् कि भनेर सूचना जारी गर्छ ।

सिंगापुरमा सरकारले कोरोना भाइरसको विषयमा स्पष्ट जानकारी दिएको छ । प्रधानमन्त्रीले मानिसहरुलाई डराएर अतिरिक्त सामान खरिद नगर्न अपिल गरेका छन् । सरकारको यो पहललाई मानिसहरुले समर्थन पनि गरेका छन् ।

सातौं पाठः मानिसहरुलाई सहयोग

यो भन्न सजिलो छ र धेरैले भन्छन् पनि एशियाली जनता सरकारी आदेशलाई मान्न तयार भइहाल्छन् । हङ्गकङ्गमा सरकारमाथि जनताको विश्वास कम भएता पनि त्यहाँ थुप्रै महिनासम्म सरकार विरोध प्रदर्शन जारी रह्यो ।

तर संसारको सबैभन्दा घना जनसंख्या भएको शहरमध्ये एकका थुप्रै जनता आफ्नै इच्छाले छुट्टै बसेका छन् । कतिले त वार्षिक लूनर न्यू इयरमा हुने समारोहमा पनि भाग नलिने घोषणा गरे ।

प्राध्यापक पेंगेस्तूले भनेका छन्, ‘हङ्गकङ्गका मानिसहरु सरकारमाथि विश्वास गर्दैनन् तर उनीहरु हङ्गकङ्गमाथि गर्व गर्छन् र उनीहरु कोरोना भाइरसलाई आफ्नो इलाकाको पहिचानका लागि खतराको रुपमा हेर्छन् ।’

सिएटेलमा नर्स र डाक्टर्र विदाउट बोर्डरको इमर्जेन्सी फिल्ड कोओर्डिनेटर करिन हस्लरले कोरोना भाइरस तालिमका लागि हङ्गकङ्गमा एक महिना बिताइन् । उनी भन्छिन्, ‘त्यहाँ मानिसहरुमा ठूलो जिम्मेवारीको भाव छ । मानिसहरुलाई सन् २००३ को सार्स संक्रमण याद छ जसले उनीहरुको इलाकामा ठूलै समस्या निम्त्याएको थियो ।

आठौं पाठः जिम्मेवारीको प्रतिक

एशियाको विभिन्न हिस्सामा मास्कको पनि खुबै प्रयोग हुन्छ । हस्लर भन्छिन्, ‘यो एक–अर्काप्रति जिम्मेवारीको प्रतिक हो । मैले याद गरेकी छु । मैले मास्क नलगाएका कारण धेरैजसो मानिस मसँग लिफ्ट जानबाट बच्थे । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने पश्चिमी देशमा मानिसहरुलाई मास्क नलगाउन सल्लाह दिइएको छ ।’

मास्क लगाउने केही एशियाली जनताले दुर्व्यवहारको पनि सामना गर्नुपर्यो । एशियामा विशेषज्ञका अनुसार हात धुने तरिकामा मास्क लगाउनु कम प्रभावकारी हुन्छ । तर अहिले यो कुरामा मत बाझिएको छ ।

हङ्गकङ्गमा एपिडेमियोलोजीका प्राध्यापक बेन्जामिन कलिङ भन्छन्, ‘मास्क कोरोना भाइरसविरुद्ध जादुको छडी होइन । तर सबैले मास्क लगाउँछन् भने अन्य उपायझैं यसले पनि संक्रमण फैलनबाट रोक्नेछ । ’

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close