
वीरगंज – वीरगंजमा बुधबार कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंजको नारायणी अस्पताल एम्बुलेन्स चालक र स्वास्थ चौकी लाई पिपिई सेट प्रदान गरेका छन् । पर्सा जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि कोरोना संक्रमित चेकजाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभाव हुन नदिन सांसद यादव आजै आफ्नो निवासमै बोलाएर नारायणी अस्पतालका चिकित्सक एवं कोरोना उपचारका कोर्डिनेटर डा. उदय नारायण सिंहलाई पिपिई ३६ सेट हस्तान्तरण गरेका हुन् । त्यस्तै नारायणी असपताल का एम्बुलेन्स चालकहरु लाई १० थान र आफनो क्षेत्रमा रहेका १६ स्वस्थ चैकी लाई १६ थान जम्मा ६२ थान पिपिइ सेट प्रदान गरेका छ्न ।
वीरगंजमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
जिल्लामा कोरोना संक्रमित बढेसंगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरु , एम्बुलेन्स चालक र स्वस्थ चौकी लाई कोरोना संक्रमणको जोखिमबाट जोगिएर कोरोना महामारीलाई सान्सद यादवले आवश्यक सुरक्षा सामग्री बितरण गरेका छन । प्रत्येक एम्बुलेन्स चालकलाई पिपिइ ड्रेस, गम बुट, पंजा, कैंप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन ।
बुधबार (हिजो) मात्रै वीरगंजका एकै परिवारको १७ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोनाको उच्च जोखिममा रहेको वीरगंज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए ।
पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी रहेको बताउँदै सांसद यादवले कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थय सामग्री उपलब्ध गराउन संघीय सरकारसंग मांग पनि गरे ।
कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने लडाईमा आम जनताले पनि उतरदायि भूमिका खेल्नु पर्ने नागरिक कर्तव्य रहेको सांसद यादवको भनाई छ ।
नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिन–१९) चेकजाँच गर्न चिकित्सकले प्रयोग गर्ने पिपिई सेटको अभाव भईरहेको बेला चिकित्सक तथा आम जनताको सुरक्षाका निम्ति सांसद यादवले पिपिई सेट वितरण गरेको काम धेरै नै सरहानीय भएको छ ।



