
बिरगंज स्थित शनिवार बिहान प्रदेश प्रहरी एकाइ कार्यालय वीरगंजको मैदानमा मैत्रीपूर्ण खेल आयोजना भएको र नगरप्रमुख सिंहले ब्याटिङ गरेर रन लिने क्रममा दौड्दा चिप्लेर घाइते भएका थिए । उनको दाहिने हात भाँच्चिएको चिकित्सकले बताएका छन्।
मधुमेह र उक्त रक्तचापका कारण वीरगंजमा उनको हातको शल्यक्रिया हुन नसकेको र उपचारको लागि शनिवार दिउँसो नगरप्रमुख सिंह काठमाडौं गएका छन ।
त्यस्तै शनिवार सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको छ ।
नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




