
राहुल गुप्ता
प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासालय बिरगंज पर्साले मा ५ वर्ष मुनिका का बालबालिकाहरुका लागि स्वर्ण विन्दु कार्यक्रमको आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/८१ को मध्यनजर गर्दै प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासालयको प्राङ्गणमा आज बाट संचालन भएको सो कार्यक्रम हरेक महिना संचालन हुने छ ।
स्वर्ण बिन्दु कार्यक्रमले बच्चाहरुलाई रोग संग लड्ने इम्युमिटी पावर बढाउने काम गर्ने प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासालय बिरगंज पर्सा कार्यलय प्रमुख डा. शिवनारायण गुप्ताले बताए । यसले बच्चाहरुको शारीरिक तथा मानसिक बिकासमा एक्दम सहयोग गरेको बताए । बच्चाहरुको दिमाग को बिकास १ वर्ष देखि ल५ वर्षको बिचमा सबभन्दा बढि हुने गरेको र स्वर्ण बिन्दुले मानसिक बिकास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।स्वर्ण बिन्दु ले बच्चाहरुलाइ निमोनिया, झाडापखाला तौल नबढ्ने जस्ता समस्याहरु बाट बच्ने सहयोग गर्नेछ । त्यस्तै डा. गुप्ता ले स्वस्थ्य बच्चा देशको कर्णधार भएको र अहिले बच्चा स्वास्थ रहे भने भोलि गएर देश पनि स्वास्थ हुने उनले बताए ।
मधेस प्रदेशमा नै यो कार्यक्रमको सुरुवाट पहिलो चोटी भएको वरिष्ठ कबिराज निरीक्षक तथा सुचना अधिकारी नागेन्द्र प्रसाद पटेल ले बताए । अहिले धेरै जसो बच्चाहरुमा कुपोषण को रोग देखापरेको ले गर्दा यस्ता कार्यक्रमको आयोजना ले बच्चाहरुलाइ स्वस्थ बनाउन ठूलो भुमिका खेल्ने बताए । यस्ता आयुर्वेदिक चिकित्सक कार्यक्रम दक्षिण भारतमा मात्र आयोजना हुने गरेकोले बिरगंजमा आयोजना हुनु गर्वको कुरा रहेको उनले बताए ।
आज भएको सो कार्यक्रमा प्रमुख अतिथी सांसद प्रमोद जैसवाल विशिष्ट अतिथिमा बिरगंज वडा नं १५ का वडा अध्यक्ष रमेश यादव,काठमाडौंका आयुर्वेद बिज्ञ प्रभाकर मल्ल,डा नवीन कुमार रौनियार ,डा पुजा गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।
आज भएको सो कार्यक्रममा ५०० को हाराहारीमा बच्चाहरुलाइ स्वर्ण बिन्दु खुवाइएको थियो ।




