एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भि .टि.एम. किट उत्पादन शुरु ।

एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भि .टि.एम. किट उत्पादन शुरु

बिरगंज , जेष्ठ १२ गते आईतवार ।

नेपाल लगायत विश्वव्यापी रुपमा कोरोना भाईरसको महामारी बढदै गैइ रहेको बेला आफ्नै मुलुकमा पहिलोपटक कोभिड १९ कोरोना भाइरस परीक्षणका लागि भि.टि.एम. किट उत्पादन शुरु भएको छ ।

बीरगंज पथलैया औधोगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) को उत्पादन सुरु गरेको हो ।

मुख तथा नाकबाट लिइएको स्वावलाई परीक्षणका लागि ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएमको प्रयोग हुन्छ । कोभिड–१९ (कोरोना) को महामारीमा पिसिआर टेष्टका लागि नभइ नहुने भि.टि.एम.का लागि हालसम्म अरु मुलुकको मुख हेर्नुपर्ने अवस्था थियो।

एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि. का प्रवन्ध निर्देशक उमङ्ग राणासरिया भन्नुहुन्छ —‘पटक पटक भिटिएम अभावको कारणले गर्दा पिसिआर परीक्षणमा वाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरिएको हो। न्युनतम मूल्यमा उच्च गुणस्तरको भि.टि.एम. उपलब्ध गराउने हाम्रो अठोट छ । हाम्रो आफ्नै उच्च स्तरीय प्रयोगशाला समेत भएकाले प्रत्येक व्याचको परीक्षण हुने तथा अन्य क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएपश्चात् मात्र भिटिएम बजारमा पठाइनेछ ।’

वरिष्ट फार्मासिस्ट एवं कम्पनिका बिक्री वितरण प्रमुख विवेक सिंह महतका अनुसार एभरेष्ट प्यारेन्टेरल्सद्वारा उत्पादित भिटिएम नेपालकै पहिलो र एकमात्र कोरोना भाइरस स्पेसिफिक भि.टि.एम. भएको, सेंटर फॉर डिजीज कंट्रोल एंड प्रिवेंशन, यू एस ए, सिडिसी, अमेरिकाको कोरोना सम्बन्धि भिटिएमको निर्देशिकाको पूर्ण पालना गरी बनाइएको तथा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिएको हुनाले गुणस्तरीयता तथा प्रभावकारिता रहने स्पष्ट पार्नुभयो ।

एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले दैनिक १० देखि १५ हजार ट्युव भि.टि.एम. उत्पादन क्षमता राख्दछ । यस बाहेक इन्जेक्टेबल्स, सलाइन, आइड्रप्स तथा नेजल स्पे्र जस्ता औषधिहरु बजारमा छिट्टै नै लिएर आउँदै छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close