
पर्साका चार जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर, निको हुनेको संख्या १८७ पुग्य
कोरोनाभाइरस संक्रमणको उपचारपछि चार जना निको भएर घर फर्किएका छन्।
निको हुनेमा नारायणी अस्पतालमा उपचाररत् पर्साका व्यक्ति रहेका छन्।
उनीहरू २७ देखि ३२ वर्षीय उमेर समूहका छन्। ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूष कोरोनालाई जितेर घर फर्किएका हुन्।
हालसम्म निको हुनेको संख्या १८७ पुगेको छ। जसमध्ये १४४ जना पुरूष छन् भने ४३ महिला छन्।setopati
आफ्नो प्रतिक्रिया दिनुहोस



