
बिरगंज, जेष्ठ २४ गते शनिबार ।
प्रदेश २ मा पहिलो पटक बिरगंज हेल्थ केयर हास्पिटलले कोरोना जाँचको लागि आरडीटी प्रविधिद्वारा परीक्षण गर्ने स्वीकृति पाएको छ। पर्सा जिल्ला बिरगंज आसपासका आम सर्वसाधारण कार्यालय आऊनजान , जिल्ला बाहिर जानको लागि समेत कोरोना जाँच गराउन नपाएर हैरानी खेप्नु परेको थियो। कतिपयले आफैलाई समेत कोरोना छ की छैन भनेर जाँच गराउन खोजिरहेको थियो। नारायणी अस्पताल , स्वास्थ्य कार्यालय पर्सा मार्फ़त भारतबाट आई क्वारेनटाइन भई बसेका , कोभीड़ शंकास्पद बिरामी , ट्रेसिंगमा परेकालाई पहिलो प्राथमिकता दिएर परीक्षण कार्य गरिरहेको थियो।
नारायणी अस्पतालको सीमित श्रोत साधन परीक्षण गर्ने सामानको कमीको कारण कोरोना रोग पता लगाउन आरडीटी समेत हुन सकीरहेको थिएँन । यसै क्रममा बिरगंज हेल्थ केयर हास्पिटलले आरडीटी परीक्षण गर्न पाउने स्वीकृति पाएर पर्सा, बारा ,रौतहट तथा सर्लाहीको बिरामी तथा आफुलाई शंका लागि जाँच गराउने चाहने , बिरगंज बाहिर जाने यात्री को लागि सजिलो हुने भएको छ । बिरगंज हेल्थ केयर हास्पिटलमा कोरोना जाच गराउनको लागि बिहान १० बजे र बेलूकी ४ बजे को समय तोकिएको छ। कोरोना जाच गराउन रु १,५००/- शुल्क लाग्ने अस्पताल प्रसासनले जनाएका छन ।