एक घर, कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट गर्न माग गर्दै अभियान शुरु

जेष्ठ २९, बारा

एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै फेटागाँउपालिका–१ का युवाहरुले आज भलुही चौकमा विभिन्न नारा सहितको प्लेकार्ड बोकी मास्क प्रयोग गरी समाजिक दुरीमा उभेर प्रदर्शन गरेका छन् ।

हाम्रो सबभन्दा नजिकको सरकार, हाम्रै स्थानिय निकाय भएकोले त्यसैको पहलमा एक घर , कम्तिमा एक व्यक्तिको पिसिआर टेस्ट गरि कारोनाको संक्रमण रोक्न सकिने भनेर अभियान संचालन गरेका विक्की महतोले जानकारी गराए ।
हाम्रो सबभन्दा नजिकको सरकार हाम्रै स्थानिय निकाय हो । हामी प्रदेश र संघ चिन्दैनौ भन्दै सहभागि युवा राजेश प्रसाद कुशवाहाले भने मात्र लकडाउन थपेर संक्रमण रोकिदैन, टेस्ट हुन जरुरी छ , र टेस्ट गर्नका लागि स्थानिय सरकारले पहल गरोस् , कम्तिमा एक परिवारबाट एक जनाको टेस्ट भयो भने संक्रमितलाई उपचार र निरोगीलाई काममा जान सजिलो हुने थियो । सबैलाई मात्र घरमा थुनेर संक्रमण रोकिनेवाला छैन त्यसैले हामी यस अभियानको शुरुवात गरेका छौ ।

कुनै राजनैतिक विचारधारा नराखी, विशुद युवा, आम नागरिक र आम जनताको रुपमा हामीले यस अभियानको शुरुवात गरेका छौ । जनताको घरघरमा पुग्न सक्ने पहिलो सरकार स्थानिय सरकार भएकोले यसैको पहलमा टेस्ट हुन जरुरी छ । विकासका काम पछि पनि गर्न सकिन्छ, यदि मान्छे बाच्यो भने मात्र त्यो विकास काम लाग्ने हुन्छ , मान्छे नै नभएको गरिएको विकासको को के काम त्यसैले अहिलेको अवस्थामा विकासको कामलाई केही समयको लागि रोकी स्थानिय सरकारको सम्पूर्ण ध्यान कारोना परिक्षणतिर लाग्नुपर्ने यस अभियानको मुल मर्म रहेको सहभागि एक युवाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close