
कावासोती नगरपालिकाको वडा न ३ मा रहेको सेन्ट जोशेफ बोर्डिङ स्कुलले अर्को एउटा नमुना कार्य गर्न लागेको छ।पछिल्लो समयमा एचिभर्स ग्रुपले आफ्नो स्वामित्वमा विद्यालय लिएर संचालन गरेलगत्तै विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएको विद्यालयले विद्यार्थी तथा शिक्षक हरुको स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै विद्यालयमा मेडिकल रुमको संचालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक कमल चापागाईंले जानकारी दिएका छन।
विद्यालयमा धेरै संख्यामा विद्यार्थी हुनेहुदा विभिन्न समयमा विभिन्न स्वास्थ समस्या आउने हुदा उनिहरुलाइ प्राथमिक स्वास्थ सुविधा विद्यालयमा दिनका लागि यो सेवा सुचारु गर्न लागिएको पनि प्रधानाध्यापक चापागाईंले बताए ।यो मेडिकल रुममा विद्यार्थीहरुमा आउने सामान्य जोरो,टाउको दुख्ने लगायत सामान्य स्वास्थ समस्याको उपचार गर्न सकिने बताइएको छ।विद्यालयले एक सुचना जारी गरेर मेडिकल रुमका लागि एक जना स्वास्थकर्मि कर्मचारीको विज्ञापन आह्वान समेत गरेको छ।




