श्रीकृष्ण आदर्शका ३९ जना शिक्षक, कर्मचारीको काभिड १९ बिमा गरियो

श्रीकृष्ण आदर्शका ३९ जना शिक्षक, कर्मचारीको काभिड १९ बिमा गरियो

कोरोना भाइरसको कहर बढ्दै गएको बेला (आज) शुक्रबार हेटौँडाको एक विद्यालले आफ्ना शिक्षक कर्मचारीहरुको हीतका लागि भन्दै कोभिड १९ बिमा गराएको छ । यतिबेला शिक्षा क्षेत्र र निजी विद्यालयहरु सबैभन्दा बढी प्रभावित भइरहेको बेला श्रीकृष्ण आदर्श आवाशिय विद्यालयले आफ्ना ३९ जना शिक्षक कर्मचारीहरुको बिमा सुरक्षण गराएको हो । शिक्षक, कर्मचारीहरु विद्यालय परिवारको अभिन्न अंग भएकाले उनीहरुलाई संकटको घडिमा सहयोग, साथ र उत्प्रेरणा दिनका लागि बिमाजस्ता आवश्यक कदम चालिएको सञ्चालक नविन के.शी.ले जानकारी दिनु भयो । विद्यालयले प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको हेटौँडा शाखामार्फत उक्त बिमा सुरक्षण लिइएको के.शी.ले जनाउनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close