
बीरगन्ज, ७ भदाै । कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।
रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा.ताहिर अंसारी पक्राउ परेका हुन् ।
कोभिडको औषधी खरीदका लागि चर्को शुल्क लिएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता मनाजित कुँवरले बताएका छन् । डा. अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरिएकाे प्रवक्ता कुँवरले जानकारी गराए । अनुसन्धान भईरहेका कारण थप जानकारी दिन नसकिने उनले बताए ।
नारायणी अस्थायी बीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधी मिलाई दिने भन्दै शनिबारसम्ममा डा. अंसारीले १ लाख ९८ हजार रुपैँया उसुल गरेको स्रोतले जनाएको छ ।
गत साउन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मुटुका दिर्घरोगी उक्त बिरामीको बाईपास सर्जरी समेत भईसेकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जीवन रक्षक रेम्डेशिभिर मिलाईदिने भन्दै डा. अंसारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए ।
यसअघि औषधी व्यवस्था विभागले सिनर्जीलाई भारतीय कम्पनी माइलनबाट रेमडिसिभिर औषधी आयात गर्ने अनुमति दिएको थियो। उक्त अनुमति अनुसार, सिनर्जीले माइलनबाट औषधी ल्याउने प्रक्रिया अघि बढाएको थियो।
अस्पतालहरुको माग अनुसार कम्पनीले औषधी सप्लाई गरेको उनले बताए। सिनर्जीले एक थान औषधीको ७ हजार ६०० नेपाली रुपैँया पर्ने जनाएको छ।Nepal post daily



