नारायणी अस्पतालकाे आइसाेलेसनबाट ९ जना डिस्चार्ज, पर्साका दुई पत्रकारकाे रिपाेर्ट पनि नगेटिभ ।

नारायणी अस्पतालकाे आइसाेलेसनबाट ९ जना डिस्चार्ज, पर्साका दुई पत्रकारकाे रिपाेर्ट पनि नगेटिभ

वीरगंज , जेष्ठ १० गते शनिबार ।

वीरगंज स्थित नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत काेराेना संक्रमित मध्येका ९ जना आज डिस्चार्ज भएका छन् ।
अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, राैतहटका ३ जना र एक जना भारतिय नागरिक रहेकाे डा. उदय कुमार सिंहले जानकारी दिनुभयाे ।

डा. सिंहका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराकाे सिम्राैनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, राैतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाकाे लगातार २ पटककाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे डा. सिंहले वताउनुभयाे ।
यसै बिच नारायणी अस्पताल वीरगंजकाे आइसाेलेसन मै उपचारत पर्सा वीरगंजका २ जना पत्रकारकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ । दुबै पत्रकारकाे पुन: ३ दिन पछि पिसिआर परिक्षण गरिने र दाेस्राे पटक पनि रिपाेर्ट नगेटिभ आए डिस्चार्ज गरिने डा. सिंहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close