
अजित भुजेल
बिरगंज , मन्सिर १३ गते शनिबार ।
बिरगंज पब्लिक कलेजको आयोजनामा र हेल्भिटास नेपालको सहयोगमा शनिबार बिरगंजको होटेल बिस्वामा बिजनेश डेभलपमेन्ट प्लान पुस्तकको बिमोचन भएको थियो ।
यस पुस्तकमा नया व्यापार व्यवसाय सुरुआत कसरी गर्ने , व्यापार व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ , यस सम्बन्धि कस्तो योजना हुनु पर्दछ र यसले फाईदा कति दिन्छ भन्ने बारे जानकारी गराइएको थियो ।
भर्चुअल कम्लिटेड व्यवसाय बिकास योजना , बिकास प्रशिक्षण विद्यार्थीहरुको समयावधि पूरा गरि रहेका विद्यार्थीहरु प्रस्तावित व्यवसाय योजनाहरुको संख्या व्यापार बिकास योजनाको यश पुस्तकमा निर्धारण गरेको छ ।बिरगंज पब्लिक कलेजमा अध्यनरत एमबिए र बिबिएका विद्यार्थीहरुले व्यापार व्यवसायका योजना , स्थानीय उत्पादनको खपत , स्वास्थ्यलाई फाइदा , रोजगारि , कम लागतमा नया स्वाद , क्वालिटी , कम समयमा होम डेलिभरी , समयको बचत , घरको जस्तो स्वाद जस्तो र कम मुल्यमा सेवा दिन सक्ने भन्दै आ- आफ्नो व्यापारबारे प्रस्तुतिकरण गरेका थिए । यश पुस्तकले एक कुशल उद्यमि र सफल व्यवसायी बनाउन मदत पुग्ने छ ।
बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा र सनराइज बैंक लि. बिरगंज शाखाका प्रबन्धक नितेष खड्किको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा हेल्भीटास नेपालका कृष्णलाल कर्ण, उद्यमि सरोज कोईराला , क्रेटिभ स्किल हेल्भिटासका प्रमुख राकेश साह , एनआईसि एशिया बैंकका बिरगंज शाखाका प्रबन्धक पुजा खेतान , सन्चारकर्मी आतुशोत सरार्फ , मानव सेवा आश्रमका दिबेश गुप्ता , बिपिसीका अरबिन्द श्रेष्ठ , बासुदेव लाल कर्ण लगायतले आ- आफ्नो धारणा राखेका थिए ।
स्वागत मन्तव्य मनिष चालिसेले र कार्यक्रम सन्चालन सुश्मिता भुशालले गर्नु भएको थियो ।




