
वीरगन्ज,२५ पुष
वीरगन्ज कलेज, श्रीपुर ११ मा नयाँ शैक्षिक सत्र २०७७ को लागि कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुको व्यक्तिगत वृति विकासको लागि कलेजले दुई दिने तालिम आजबाट शुरु गरेको छ । वीरगन्जको होटल भिस्वामा शुरु भएको तालिमको उद्घाटन पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले उद्घाटन गर्नु भएको छ ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले अहिलेका बिधार्थीहरु नै समाज परिवर्तनका सम्वाहक रहेको कुरा वताउनु भयो । यस क्षेत्रमा व्यापक रुपमा देखिएको वालबिवाह, दाइजो प्रथा तथा बहुबिबाह सहित साईबर क्राईम सम्बन्धि अपराध न्यनिकरणका लागिा पनि छात्र छात्राले अगामी दिनमा बिशेष भुमिका खेल्नु पर्ने कुरामा पन्तले जोड दिइन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले लखौं तथा अर्बौ कम्पुटर तथा प्रवधिले पनि उत्कृष्ट शिक्षकलाई प्रतिस्थापन गर्न नसक्ने बताउँदै अगामी दिनहरुमा पनि उत्कृष्ट शिक्षकको उत्तिकै महत्व र आवश्यकता रहनुको साथ साथै बिधार्थीहरुले तालिम लिइ सके पछि आफ्नो दैनिकी व्यवहारमा परिवर्तन ल्याउन पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता डा. दिपेन्द्र कुमार चौधरीले गर्नु भएको थियो भने वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, वडा नं.३ का अध्यक्ष बैजुलाल स्वर्णकार, ठाराबका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, कलेजका प्रध्यापक नन्दन यादव लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, निर्देशक प्रेम पटेल, कलेज प्रमुख विनोद गुप्ता, कलेजका प्रेस सल्लाहकार मनोज पटेल तथा कलेजका शिक्षकहरु नरेश साह, सुनिल यादव, कृष्णा पासवान, जितेन्द्र पटेल, मनोज बर्णवाल, सुधिर ठाकुर लगयातको उपस्थिती रहेको थियो ।
तालिमको पहिलो दिन कक्षा ११ मा भर्ना भएका १२३ जना विधार्थीहरुको सहभागिता रहेको छ । सहभागी बिधार्थीहरुलाई कलेज प्रमुख विनोद गुप्ता एवम् निर्देशक प्रेम पटेलले प्रशिक्षण दिने कलेजले जनाएको छ । कार्यक्रमको दोस्रो दिनमा थप १२० जना भन्दा बढी बिधार्थीहरुको सहभागीता हुने कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले बताउनु भयो ।
तालिमको सम्पूर्ण व्यवस्थापन कलेजले आफ्नै खर्चबाट गरेकोमा बिधार्थीहरु उत्साहित रहेका छन् । बिधार्थीहरुका लागि कलेजले आफ्नै खर्चमा यस्तो व्यवस्था मिलाए दिनकोमा सहभागी अथितीहरुले पनि कलेजको यो कदमको प्रशंसा गरेका छन् । कलेजले बिगतदेखि नै आफ्नै खर्चमा यस किसिमका कार्यक्रमहरु गर्दै आएकोछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




