
बिरगंज , माघ १२ गते सोमबार ।
नेकपा सरकारको प्रधानमन्त्री केपि ओलिको सिफारिसमा गरिएको असंवैधानिक तथा अलोकतान्त्रिक संसद विघटनको कदम बिरुद्ध प्रजातन्त्रवादी प्राध्यापक संघ , नेपाल ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार क्याम्पसको सभाकक्षमा समितिका अध्यक्ष शत्रुघन यादवको अध्यक्षतामा भएको सो अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया रहनु भएको थियो ।त्यसै गरि पुर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदि , जिल्ला बिकास समितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्री , त्रिबि सभासद डा. राजेन्द्र ठाकुर , NUTA केन्द्रिय सदस्य उमा मिश्र, प्राध्यापक डा. दिपक शाक्य , अवकाश प्राप्त प्राध्यापकहरु डा. हरेराम ठाकुर , केदार साह , ईन्दुशेखर मिश्र, पुर्व क्याम्पस प्रमुखहरु सहप्राध्यापक डा. प्रमोद कुशवाह , डा. कृपासिन्धु चौधरी , उपप्राध्यापक ललन द्विवेदी , DEPAN केन्द्रिय सदस्य सुभाष प्रसाद लगायत सम्पूर्ण प्रजातन्त्रवादी प्राध्यापकको सहभागीता रहेको थियो ।
त्यसैगरि क्याम्पसमा सम्पुर्ण प्रजातन्त्रवादी प्राध्यापकहरु सामुहिक एकताबद्व भई अगाडी बढने प्रतीबद्रता पनि सबैबाट व्यक्त गरेका थिए ।
साथै सोहि कार्यक्रममा हालै दिवगन्त हुनु भएका क्याम्पस प्रमुख सहप्राध्यापक डा. राजदेव कुशवाह प्रती श्रर्दान्जली पनि व्यक्त गरियो ।



