प्राथमिक उपचारको तालिमको आज दोस्रो दिन , रक्तस्राब र हाड टुटेमा तत्काल गर्नु पर्ने प्राथमिक उपचारबारे प्रशिक्षण ।

बिरगंज , माघ १४ गते बुधबार ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आयोजना गरेको आधारभुत प्राथमिक उपचार पुनरताजगि तालिमको आज दोस्रो दिन रक्तस्राब भनेको के हो । रक्तस्राब भएपछि गरिने तत्काल प्राथमिक उपचार बारे प्रशिक्षण दिनु भएको थियो ।

रक्तस्राब विभिन्न कारण हुन सक्छ , त्यसकारण त्यस्ता कारण पता लगाई यसलाई ब्यान्डेज गर्ने , आवस्यक परे थप ब्यान्डेज गर्ने र मृटुको सतह भन्दा माथि राख्ने त्यसले गर्दा ब्लड सर्कुलर हुन पाउदैन , त्यसले गर्दा ज्यान जानबाट जोगाउन सकिन्छ ।
त्यसतै हातका औंलाको अङ्ग छुट्टिएको अवस्थामा , नाकबाट रगत आएको अवस्थामा , चोट लागेर टुटुल्को उठेमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएको थियो ।
आन्तरिक रक्तस्राब भएको छ , छैन कसरी थाहा पाउने ।महिलाहरुको महिनावारीको समय भन्दा पछीको अवस्थामा रक्तस्राब भएमा गर्ने उपचारको बारेमा प्राईटिकल ( डेमो) गरि जानकारी गराईएको थियो ।

त्यसैगरि कुनै व्यक्तिलाई गोलि लागेको अवस्थामा तत्काल प्राथमिक उपचार , हाड भाचेको अवस्थामा कसरी घाइते र बिरामीहरुको कसरी प्राथमिक उपचार गर्ने भन्ने बारे सुदर्शन पन्डित , साबिर अहमद एराज ,उमेश मिश्र र राजन श्रीवास्तवल्र प्रशिक्षण दिनु भएको थियो ।भोलि बिहीबार तेस्रो दिन कार्यक्रमको अन्तिम दिन र समापन कार्यक्रम रहेको छ ।

तालिममा अजित कुमार भुजेल , तुलसी भण्डारी , नितेश कर्ण, प्रणय साह , बिनोद पटेल , युवराज खड्का , सुभाष लगायतकाको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close