दलित बस्तीमा नि: शुल्क दन्त स्वास्थ शिविरको संचालन

दलित बस्तीमा नि: शुल्क दन्त स्वास्थ शिविरको संचालन

राहुल गुप्ता
गरिब दलित बस्तीलाई मध्य नजर गर्दै आज नेशनल मेडिकल कलेजले नि: शुल्क दन्त तथा स्वास्थ शिविर कार्यक्रमको आयोजना गरेको छ । पर्साको ग्रामीण ग्रामीण भेगमा दन्त सम्बन्धि समस्याका कारण धेरै ब्यक्ती पिडित रहेको र समयमा उपचार हुन नसकेर दात नै काम नलाग्ने भएपछी स्वास्थ शिविरको आयोजना गरिएको हो ।

बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं ७ मा गरिब दलित बर्ग दन्तका बिरामीहरुले आर्थिक समस्याका कारण उपचार गराउन नसकिदा र झन समस्या दिन प्रती दिन बढदै देखेर महागढी नगरपालिका वडा नं ७ को सहयोगमा नि: शुल्क दन्त स्वास्थ शिविर कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजका सेराज अहमदले जानकारी गराएका छन ।

आज भएको निशुल्क दन्त शिविरको उदघाटन गर्द महागढीमाई नगरपालिकाका नगरप्रमुख ले नेशनल मेडिकल कलेज हाम्रो देशको मेरुदण्डको रुपमा रहेको नगरप्रमुखले यादवले बताउनु भएको छ ।उहाँ भने हाम्रो देशमा रहेको अन्य अस्पताल भन्दा नेशनल मेडिकल कलेजले जटिल भन्दा जटिल रोगीलाई सस्तो र प्रभावकारी रुपमा उपचार गरेर मुलुक र जनतालाई सेवा दिदै आएको छ ।नेपालको अर्थतन्त्र बलियो बनाउनको लागि नेशलन मेडिकल कलेजको अहम भुमिका खेलेको छ ।नेशनल मेडिकल कलेजबाट हरेक बर्ष बिद्यार्थीहरुले शिक्षण गरेर नेपालको विभिन्न ठाउँमा डाक्टरको रुपमा खटेर स्वास्थ क्षेत्रमा सुधार ल्याएको बताए ।

शिविर संचालन गर्दै डा. अबिनाश सिंह ,डा. हरेन्द्र मोहन सिंह डा.राजेश साह, डा.सुर्बी मिश्रा , डा.सिमा यादव द्वारा दुई सय भन्दा बढी दन्तका बिरामीले चेक जांच गराएको महागढीमाई नगरपालिका वडा नं ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले जनकारी दिनु भएको छ ।

वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि सेराज , अहमद ,अतिथि – डा. अबिनाश सिंह , डा. हरेन्द्र मोहन सिंह डा. राजेश साह डा. सुर्बी मिश्रा , डा. सिमा यादव ,टेक्नेसियन कर्मी , समाजसेवी, भलभलादमी स्वास्थ प्रेमी , पत्रकार मित्र लगाएतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close