आज पाचौं दिन ३५० जनाले बोभिड -१९ विरुद्धको खोप लगाए ।

अजित भुजेल

बिरगंज , फागुन ०६ गते बिहीबार ।

पहिलो चरणको खोप अन्तर्गत पर्सामा पहिलो पटक आइतबार सन्चारकर्मी सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फन्टलाईनमा काम गर्ने अन्य १९ महिला सहित १३० जनाले नारायणी अस्पताल बिरगंजमा कोभिड -१९ विरुद्धको खोप लगाएको थियो भने सोमबार दोस्रो दिन पनि पर्सेली सन्चारकर्मी, बैन्कर्स , सुरक्षाकर्मी गरि १९० जनालाई कोभिड-१९ विरुद्धको खोप दिईएको थियो ।नेपाल आएको कोभिड -१९ विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी , सफाईकर्मीहरुलाई सो खोप दिएको थियो भने पहिलो चरणको पहिलो चोटि पर्सामा आइतबार सन्चारकर्मीहरु ,फ्रन्टलाईनमा काम गर्नेलाई नारायणी अस्पतालमा निसुल्क खोप दिएको थियो ।दोस्रो दिन पनि नारायणी अस्पतालमा १९० जनाले खोप लगाएका थिए।

त्यसैगरि मंगलवार तेस्रो दिन २३ महिला र १४७ पुरुष गरि जम्मा १७० जनाले खोप लगाएका थिए । खोप लगाउनेमा छुट स्वास्थ्यकर्मी -१२ जना , बितिय संघसस्था-३७ जना , सरकारि कर्मचारी -९७ जना ,सुरक्षाकर्मी -१४ जना र सन्चारकर्मी -१० जना गरि १७० जनाले खोप लिए भने चौथो दिन बुधबार २३५ पुरुष र ३५ जाना महिला गरि २७० जाना ले खोप लगाए पाचौ दिन बिहीवार ३०३ पुरुष र ४७ महिला गरि ३५० जाना ले कोरोना विरुद्ध को खोप लगाए बिहीवार खोप लगाउनेहरुमा पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान सन्चार कर्मी बिकाश चौहान सन्चारकर्मीश्री राम रायमाझी बिरगंज महानगर पालिकाका अधिकृत कर्मचारी विद्युत कर्मचारी सरकारी एवम बितिय संघ संस्था सुरक्षा कर्मी लगायत ले खोप लगाए को जानकारी पर्सा स्वास्थ्य कार्यालय बाट खटिएका सहकर्मी जश्मीन दवाडी जानकारी दिए।

स्वास्थ्य कार्यालय बाट खटी सहयोग पुर्याउनेमा सृस्टि बिस्ट , पुजा ठाकुरले कोभिड-१९ विरुद्धको खोप दिएका थिए भने श्रवण कुमार यादव , नजिरा खातुन , समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close