ठाकुर राम बहुमुखी क्याम्पस (TRMC) को BIT विभाग अन्तर्गतको टिम ‘टेक टाइटन्स’ले मधेश प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तहका लागि छनोट

मधेश प्रदेशका बिभिन्न कलेजहरूबाट सहभागी भएका IT अधय्यनरत विधार्थीहरूले प्रतिस्पर्धा गरेको कोड फेस्ट(Code fest) 2025 को प्रदेशस्तरीय छनोट प्रक्रिया सम्पन्न भएको छ। कडा प्रतिस्पर्धाबीच ठाकुर राम बहुमुखी क्याम्पस (TRMC) को BIT(Bachelors’ in Information Technology)विभाग अन्तर्गतको टिम ‘टेक टाइटन्स’ले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तहका लागि छनोट हुने मधेश प्रदेशको एकमात्र टोलीको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यो उपलब्धि TRMC (BIT Department) को शैक्षिक उत्कृष्टता तथा मधेश प्रदेशका आईटी विद्यार्थीहरूको क्षमताको महत्वपूर्ण प्रमाणका रूपमा रहेको छ। राष्ट्रिय स्तरमा सहभागितामार्फत प्रदेशका विद्यार्थीहरूको नवप्रवर्तन तथा प्राविधिक कौशललाई अझ व्यापक रूपमा परिचित गराउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close