सामाजिक अभियान्त भेन्टिलेटरमा, रकम अभावले उपचारमा समस्या ।

राजेन्द्र सिंह,वीरगञ्ज, साउन १२ । निस्र्वाथ भावनाले अरुको उपचारमा पहल गर्ने र सहयोग गर्ने सामाजिक अभियान्त अहिले आफै सिकिस्त भएर भेन्टिलेटरमा रहेको र रकम अभावले उपचारमा समस्या भईरहेको समाचार छ । वीरगञ्जको नेश्नल मेडिकल क्लेजमा उपचारको क्रममा रहेकी ६८ वर्षिया समाजिक अभियन्ता बिन्दुदेवी धिमिरे थला पर्नु भएको छ ।

सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शिबिरको आयोजन गरी धरैलाई स्वस्थ्य बनाएकी बिन्दुको दुबै मृगौला बिग्रीएको छ । मृगौला दिन चाहेकी उनकी छोरी प्रतिभा कोईराला रकम अभावले प्रत्यारोपनमा समस्या भएको बताउनु हुन्छ ।

आफु संग भएको सम्पत्ति आमाको उपचारमा लगाएको र अन्तिम सास सम्म आमाको सेवा रहने मन भए पनि हाल अवस्था निकै नाजुक भएको कोईरालाको भनाई छ ।
प्रतिभा भन्नु हुन्छ “आमा करिब डेढ दसक अगाडि सम्म स्वस्थ्य हुदा बिभिन्न समामाजिक अभियानहुरु संचार गर्नु भयो । आमा अचाउ अभियान, बाल बालिका उद्धार अभियान, आखाँ शिबिर दन्त उपचार शिबिर, सरसफाई अभियान लगायत अन्य थुप्रै अभियानता सक्रिय भएर वँहाको भुमिका थियो ”

तर हाल आएर आमा आफै बिरामी परेको र उपचार अभावमा ज्यान बचाउन नसक्दा अत्यन्तै पिडा भएको वँहा बताउनु हन्छ ।
आमाको उपचारमा वीरगञ्ज लगायत सबै ठाउँबाट सहयोग गरिदिनु हुन मंगलबार वीरगञ्जको प्रिष्टन क्लेजमा संचारकर्मीहरु संग अपिल गर्नु हुदै वँहाले आमाको नेपाल बैकको लिमिटेड श्रीपुर वीरगञ्जमा रहेको खाता नं.०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिनु हुन अनुरोध गर्नु भयो ।

संचारकर्मीहरु संगको छलफलको अध्यक्षता सामाजिक अभियन्ता प्रकाश थारुले गर्नु भएको थियो भने क्लेजका संचालक ईन्जिनियर बिनोद यादव पनि सहभागि हुन्थ्यो । सहजीकरण पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close