
वीरगञ्ज ७ भदौ । बिपद् व्यवस्थापन गुल्म बीरगंज पर्सा र पतंजली योग शिविर पर्साको संयुक्त आयोजनामा शनिबार योग शिविर सम्पन्न भएको छ ।

कोभिड १९को मध्यनजर गर्दै रोग र तनावबाट मुक्तरही स्वस्थ्य रहन बिपद् व्यवस्थापन गुल्म वीरगंज पर्सा र पतंजली योग शिविर पर्साको संयुक्त आयोजनामा प्रहरीलाई एक दिवसिय योग योग शिविर गराईएको थियो ।

२ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्जको आफनै कार्यालय परिसर भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालित एक दिवसीय योग प्रशिक्षण कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुख प्र.उ. बेल बहादुर पाण्डेमाको प्रमुख आतिथ्यमा, २ नं प्रदेश विपद व्यवस्थापन गुल्म वीरगञ्जका कार्यालयका कार्यालय प्रमुख प्र.नि. नितेश कुमार सिंह, प्र.का.पर्सा,विपद् व्यवस्थापन गुल्म वीरगंज पर्सा र जि.ट्रा.प्र. का.पर्साका प्रहरी अधिकृत तथा जवानहरूको सहभागितामा रहेको थियो ।
उक्त कार्याक्रमको सहजिकरण प्र.नि. नितेश कुमार सिंह गरेका थिए भने पतंजली योग शिविर पर्साको योग गुरु नितेश सिंहले योग प्रशिक्षण दिएका थिए ।



