
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मीनाबाजार समुदायिक द्वारा वीरगंज गहवा मन्दिर परिसर बाहिर सरसफाई गरिएको छ। सरसफाई गरी किटनासक चुन छरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख बेल बहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको सरसफाई कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष बिदुर गुप्ता, सभापति कार्यवाहक अध्यक्ष प्रबेश कुमार सर्राफ, केन्द्रका उपाध्यक्ष बासुदेव सहनी , कोषाध्यक्ष श्री हसमोदिन देवान, ससचिव शिवजी साह कानू , सकोषाध्यक्ष सतीश श्रीवास्तव, महिला सदस्य नीला कुमारी राम , साबित्री देवी , बिन्दु देवी श्री सुल्तान खातून, सदस्य जेयाउल हक , रुकसार मंसूरी ,बलन प्र कलवार, देव ब्रत आर्य, बिवेक बर्णवाल लगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।
सरसफाई कार्यक्रममा बिपद ब्यवथापन , शस्त्र प्रहरी बल ,जनपथ प्रहरी, महानगरपालिकाका सरसफाई शाखाका संमसोदिन हवारीको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमको सहजी करण सामुदायिक सेवा केन्द्र मिनाबाजारका सचिव गयासु मियाँ देवानले गर्नु भएको थियो भने केन्द्रका कार्यवाहक अध्यक्ष सरार्फले सबैमा अभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भयो ।




