
बिरगंज , भदौ २१ गते सोमबार ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालय पर्साद्वारा संचालित ” तपाईको माक्स खोइ “कार्यक्रम आज सम्पन्न भयो।
सामुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीको प्रमुख आतिथ्यमा सोमबार बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म छपकैया ईदगाह चौकमा माक्स अनिवार्य लगाउन र माक्स बिना नहिडन अनुरोध गर्दै माक्स पनि बितरण गरिएको अध्यक्ष ठकुराईले प्रहार डेलीलाई जानकारी गराउनु भयो।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा सिंह , सदस्य अजित कुमार भुजेल , अब्दुल मिया तेलि , जेयाउल हक , निजामुल समानी , ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्की , ट्राफिक हवल्दार अनोज चौरसिया , जितेन्द्र साह , ट्राफिक प्रहरी जवान धिरेन्द्र यादव , अशोक चौधरी , प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक रामस्वार्थ यादव , प्रहरी हवल्दार बिजय पटेल लगायतकाको उपस्थिति रहेको थियो ।




