
अजित भुजेल
बिरगंज , भदै ०१ गते मंगलवार ।
“नेपाल मास्क अभियान” अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा माक्स बितरण गरेको छ ।
आज मंगलवार बिहान ०९:३० बजेको समयमा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत “नेपाल मास्क अभियान” कार्यक्रम ग्रिनसिटि सामुदायिक सेवा केन्द्र पर्सा, ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र पर्सा, प्रहरी चौकी आदर्शनगर पर्सा र GYANDA ACADEMY BIRGUNJ को संयुक्त आयोजनामा जिल्ला पर्सा विरगंज महानगरपालिका वार्ड नम्वर १० आदर्शनगर एरियामा सर्वसाधारणलाई १००० (एकहजार) पिस मास्क वितरण गरिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




