
वीरगञ्ज ३ भदै । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना विषेशसुचनाको आधारमा जिल्ला प्रहरीकार्यालय मातहत रहेका प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले आज विहान ८ बजे वीरगञ्ज म.न.पा. वडा नं.१६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिंडिरहेका वीरगञ्ज महानगर वडा नं १६ वस्ने वर्ष ६० का नागेन्द्र साह सुनारलार्ई रोकी निजको चेक जाँच गर्दा निजले बोकेको कालो साइड ब्यागभित्र ६ कि.लो.१ सय ६८ ग्राम चादीँ जस्तै देखीने धातुबाट बनेको तयारी गरगहनाह सहीत अभियूत साहलाईलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवतmा ओमप्रकाश खनालले बताएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




