
बिरगंज , असोज ०३ गते आइतबार ।
ग्रीनसिटी सामुदायीक सेवा केन्द्र र ग्रीनसिटी सामुदायीक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साले “ट्रिमिङ्ग र सरसफाई कार्यक्रम” को आयोजना गरेको छ । विरंगज महानगरपालिका वार्ड न. १० आर्दशनगरमा रोपिएका विभिन्न जातका रुखविरूवाहरूलाई संरक्षण र सम्वद्धन गर्नको लागी छैटाे संविधान दिवसको उपलक्ष्यमा ३ दिने रुखबिरुवा छाटने , मिलाउने , आकार दिने र सफाई गरि सौर्न्दर्य बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले पर्सा पोस्टलाई जानकारी गराउनु भयो।
“ट्रिमिङ्ग र सरसफाई कार्यक्रम” का प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले रुखबिरुवालाई कटिङ्ग गरि मिलाई कार्यक्रमको उदघाटन गर्नु भएको थियो । ग्रीनसिटी सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की ,प्रहरी चौकी आदर्शनगरकस प्र.ना.नि. हिराबहादुर बुढाथोकी,
सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा , सन्जय अग्रबाल , रतन टेमानी , राकेश अग्रबाल , चन्दु अग्रवाल , सज्जन अग्रवाल , नुतन सरावगी , कैलाश कुमार बजाज , श्याम सुन्दर जलान , कान्तिपुर टेलिभिजनका पन्कज श्रेष्ठ , राजधानी दैनीकका पर्सा सम्बादाता तुलसी भन्डारी , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , युवा समाज बिरगंजका अध्यक्ष कमल चौगाई , बिरगंज महानगर पालिकाका राजेश गिरि , सरसफाइ प्रमुख सर्फुदिन मिया , पब्लिक एफएमका स्टेसन मेनेजर राजेन्द्र सिंह , अन्कुश दैनिकका संतोषमान रन्जितकार , न्युज २४ का जाकिर हुसेन , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल, आशीष पौडेल , देवेन्द्र पौडेल , राजन पौडेल , प्रहरी हवल्दार रामबाबु सुवेदी , महिला प्रहरी जवान लालुमाया महतो लगायत सामुदायिकका पदाधिकारीहरु , समाजसेवीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम सन्चालन मुकेश खेतानले गर्नु भएको थियो ।




