नेपाल विद्यार्थी संघ पर्सा द्वारा आकस्मिक रक्तदान कार्यक्रम को आयोजन

अहिले को चरम स्थितिमा फैलिएको Covid-19 जस्तो महामारीलाई मध्य नजर गर्दै ने बि संघ जिल्ला कार्यसमिती पर्सा द्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। उक्त रक्तदान कार्यक्रम ने बि संघ का कार्यबाहक अध्यक्ष बिकेश पटेल को अध्यक्षता सम्पन्न भएको छ। उक्त आयोजना को प्रमुख अथिती नेपाली कांग्रेस का सभापति अजय दुबेदी रहेका थिए ।

त्यस्तै बिशिस्ट अतिथि जिल्ला सचिव श्याम पटेल, नगर कार्य समिति सदस्य अरबिन्द गुप्ता जिल्ला सदस्य रोशन लामिछाने , रामबाबू पटेल, किसान संघ का केन्द्रिय सदस्य बिरेन्द्र यादव ,रामनारायण कुर्मी ने बि संघ जिल्ला उपाध्यक्ष सन्जिव मिश्रा ने बि संघ पुर्व केन्द्रिय कोषाअध्यक्ष बैकुण्ठ श्रीवास्त्व ने बि संघ निबर्तमान केन्द्रिय सदस्य सुधीर पटेल ,बद्री नारायण तिवारी , ठाकुराम इकाई अध्यक्ष अजय कर्ण ने बि संघ नगर अध्यक्ष विवेक गुप्ता सुमिर पाण्डे मन्जिव मिश्रा लगायत का बिद्यार्थी नेताहरु रहेका थिए । सम्पुर्ण गरि १०१ जनाले रक्तदान गर्नुभएको थियोे । रक्तदान गर्ने साथीभाइहरुलाई पार्टी सभापति अजय दुबेदी ज्यु ले धन्यवाद दिदै प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close