दाङमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close