
बिरगंज , माघ १० गते शनिबार ।
श्री आदिशक्ति माता आमा समूह र बीरगंज वड़ा न.१० का वड़ा समितिको संयुक्त आयोजनामा आदिशक्ति माता आमा समूहका सदस्यहरुलाई प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम आदिशक्ति माता आमा समुहकी अध्यक्ष रूपा देवी श्रेष्ठको अध्यक्षतामा र बीरगंज महानगर पालिकाकी उप-मेयर शांति कार्कीको प्रमुख आतिथ्य भएको थियो ।
त्यसैगरि अतिथिहरूमा बिरगंज महानगर पालिका वड़ा न. १०का वाड अध्यक्ष रामनगीना साह कानू, प्रमानंद साह कानू , नेपाली कांग्रेसकी महासमिति सदस्य उत्तमा प्याकुरेल, ने.वि.संधका पूर्व जिल्ला अध्यक्ष संतोष गुप्ता, वड़ा सदस्य संतोष देबी खतीवडा , पत्रकार महासंघका सचिव युवराज खड़का लगायतले आफ्नो मन्तव्य राखेका थिए । महिलाहरूलाई प्रोत्साहन गर्न सो कार्यक्रममा आमा समूह र वड़ा समितिको संयुक्त आयोजनामा उपस्थित लगभग ७० जना महिलाहरुलाई साड़ी बितरण गरिएको समूहका सदस्य अरुणा कुमारीले जानकारी दिनु भयो ।




