वीरगंज वार्ड नं ३१ मा रक्तदान कार्यक्रम सम्पन्न।उप मेयर आलमले भने स्वास्थ्य रहन र अरु ब्यक्तिको जिवन बचाउन रक्तदान आवश्यक

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं ३१ कोनिया टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोनिया युथ क्लवको आयोजना मा भएको रक्तदान कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले गरेका थिए। उद्घाटन गर्दै उप मेयर आलमले भने रक्तदान एकदम आवश्यक रहेकोले हरेक युवा युवती ले ३/३ महिनामा रक्तदान गर्नु पर्छ किन भने एक एक पोकाले ब्यक्तिको ज्यान बचाउनमा हामी मदत गर्छौ भनि आफना धारणा राखेका थिए।

रक्तदान कार्यक्रम वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमको प्रमुख अतिथिमा तथा कोनिया युथ क्लव का अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रम मा बिशिष्ट अतिथि वार्ड न ३१ का वडा अध्यक्ष जितेन्द्र यादव अतिथि पुर्व गाविस अध्यक्ष, गणेश चौधरी,धर्मराज यादव,शेष हजरा लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close