शन्तेस्वर महादेव मन्दिर परिसरमा केराको बिरुवा रोपन कार्यक्रम

शन्तेस्वर महादेव मन्दिर परिसरमा केराको बिरुवा रोपन कार्यक्रम

राहुल गुप्ता
ललितपुरको गोदावरी नगरपालिका स्थित शन्तेस्वर महादेव मन्दिर परिसरमा केराको बिरुवा रोपन कार्यक्रम सम्पन्न भएको छ । कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएकाले केराको बिरुवा रोपनमा मोह बढेको हो ।

डा.बाल कृष्ण जोशीको प्रमुख अतिथित्वमा भएको बिरुवा रोपन कार्यक्रममा केराको ५० भन्दा बडि प्रजातीको बिरुवा रोपिएको थियो । सफा,स्वस्थ्य र हरियालीयुक्त सहर बनाउन तथा फलफूलमा आत्मनिर्भर बनाउन केराको बिरुवा रोपन गरिएको छ।

आज भएको उक्त कार्यक्रम बिनोद खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने सांसद उश्या समशेर,अनुसन्धान का एसपी कुमार खड्का लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close