वीरगञ्ज युथ कमिटिले गरे माईस्थान क्षेत्रमा सरसफाई ।

वीरगंज, असोज १० गते शनिबार ।

वीरगञ्जका सक्रिय युवा तथा युवतिहरुको समुह वीरगञ्ज युथ कमिटिले वीरगञ्जको माइस्थान क्षेत्रमा सरसफाई गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सयुक्त सहकार्यमा बजारको अत्यन्तै व्यस्त तथा भिडभाड हुने क्षेत्रमा सरसफाई गरेको हो । विगत लामो समयदेखीको लकडाउन तथा निषेधाज्ञाका कारण सक्रिताका साथ सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न नपाएका युथ कमिटिका पदाधिकारीहरुले माइस्थान मन्दिर परिसरमा सरसफाई गरे ।

विस्तारै सामान्य अवस्थामा फर्किदै गरेको अवस्थालाई मध्यनजर गर्दै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने अभिप्रायले सरसफाई गरिएको कमिटिकी महिला अध्यक्ष गङ्गा श्रेष्ठले बताउनुभयो ।

युथ कमिटिका अध्यक्ष विवेक गुप्ताको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी निरिक्षक सुर्य थापा मगर, माइस्थान पार्कका अध्यक्ष दिना प्रसाद गुप्ता, उपाध्यक्ष सरन गुप्ता, महिला सचिब रुहि रौनियार, आर्यन वर्णवाल, ज्योति शाह, पियुष रौनियार, कमिटिका सदस्यहरु लगायतको सहभागिता रहेको कमिटिका सचिब आदित्य सर्राफले जानकारी दिनुभयो ।

अभियानमा इम्प्रुभिङ् वीरगञ्ज, वीरगञ्ज स्प्रिट क्लब, टिम नेपो लगायतका संघ संस्थाले हातेमालो गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close