
ईदको खर्च बचाई बिरगंजका मुस्लिम समुदायका युवाहरूले दुखी परिवारलाइ अार्थिक रूपमा सहयोग गर्ने
बिरगंज , जेष्ठ ०७ गते बुधबार ।
विश्ववयापी रूपमा संसार भरिनै फैलिएको कोरोना भाइरसले सम्पूर्ण मानवलाई त्रासपूर्ण बनाएको छ । दुई महिना भन्दा बढी देखि नै नेपाली जनताहरू सरकारको नियम अनुसार लकडाउनको पालना गर्दै अाइरहेका छन् । लकडाउनको पालना गर्दागर्दै विभिन्न निम्न स्तरका नेपाली जनताहरूलाइ आर्थिक समस्याले धेरै नै दुख भइरहेको छ । सो कारण धेरै जसो जनताहरू खाली पेटनै सुत्ने अवस्था आइसकेको छ ।
सो अवस्था हेरी बिरगंजका मुस्लिम समूदायका युवाहरुले ईदमा किनमेल गर्ने खर्च बचाइ यसपालि गरिब तथा विपन्न परिवारहरुलाइ आर्थिक रूपमा सहयोग गर्ने साेच बनाइ अभियान चलाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस