युवा नेता सरार्फद्वारा सामाजिक दुरि कायम गर्दै अति बिपन्नलाई राहत सहयोग ।

युवा नेता सरार्फद्वारा सामाजिक दुरि कायम गर्दै अति बिपन्नलाई राहत सहयोग

बिरगंज , जेष्ठ ०७ गते बुधबार ।

बिश्वव्यापी महामारी कोरोनाको कारणले गर्दा लामो बन्दा-बन्दिले प्रभावित अति बिपन्न परिवारहरुलाई युवा नेता, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फद्वारा निरन्तर राहत बितरण जारी रहेको छ।आज पनि पत्रकार अनिल साहको रोहवरमा दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई प्रती परिवार आठ किलो चामल ,दाल , लगायतका राहत समाग्री बितरण गरिएको छ। आज निजि ब्यवस्थापनमा उक्त सहयोग गरिएको हो। बिगत ६५ दिन देखि घर दैलो गर्दै माक्स , साबुन बितरण,जन चेतनामूलक कार्यक्रम तथा सहयोगापेक्षिलाई राहत बितरण गर्दै आएको नेता सरार्फको टिममा स्वयंसेवकको रुपमा युवा अभियन्ताहरु किसु सरार्फ,संजय पटेल , रन्जित पटेल ,बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन।
अहिले सम्म सात हजार मास्क,साबुन र विभिन्न संस्थाको सहयोग र निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता किसु सरार्फले जानकारी गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close