
भोर सस्थाको आर्थिक सहयोग र सामाजिक अभियन्ता प्रकाश थारुको संयोजनमा जिराभवानी गाउपालिकाको पकडी टोलका सुकुम्बासी , गरिब मुसहर , धागड परिवारहरुलाई खाद्यान्न राहत बितरण
बिरगंज , जेष्ठ १३ गते मंगलवार ।
पर्सा जिल्ला जिराभवानी गाऊँपालिका वार्ड नम्बर १ को पकड़ि टोलामा बसोबास गर्दै आइरहेको सुकुम्बासी , बिपन्न गरीब मुसहर (माँझी) घर परिवार तथा धांगड़ (उराँव) 35 घर परिवारहरु आज लॉकडौनको ६३ औं दिन बीती सक्दा पनि तीन तहका सरकार मध्ये कुनै पनि सरकारको उपस्थित देखिएन र ऊनिहरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम छ।यिनै बिपन्न, ग़रीब , सुकुम्बासी घर परिवारहरुलाई भोर संस्थाको आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारूको संयोजनमा स्थानीय युवाहरु रामशरण खवास, अजगैबीनाथ ग़ौरो तथा प्रभु चौधरी को सहयोगमा राहत सामग्री बितरण गरिएको छ ।
यि सबै जनाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवारको दुई छाकको व्यवस्था गर्छन तर अहिलेको महामारीको बखत निषेधाज्ञा तथा लॉकडौन समयमा चाहेर पनीं ज्याला मजदुरी गर्न सकिरहेको छैन र आज सम्म कसैले राहतको नाममा एक चम्चा नून समेत वितरण गरेको छैन। त्यसैले गर्दा अब यिनीहरु काेरोनाको असर अघिपछि हुन्छ तर भोकमरिको चपेटामा पक्कै पर्छ, त्यसकारण ऊनिहरुलाई राहतको व्यवस्था गरेर बितरण गरेको कुरा भोर सस्थाका संस्थापक अध्यक्ष राह कुमार ले बताउनु भएको छ ।
उक्त गाऊँपालिकको वार्ड नम्बर १ को चमरी टोल , बेलटारी तथा वार्ड नं ५ को हरैया,सखुवनीय र शंकर सरैया को विपन्न बर्गहरुलाई अझसम्म पनीं राहत नपाएर त्राहिमाम छ ।
कोभिड़ 19 ले अघिपछि असर गर्छ तर अहिले भोकमरिले
पक्कै प्रभावित हुन्छ , यिनी बिपन्न गरीब बर्गका व्यक्तिहरुलाई सहयोग को आवश्यकता भएकोले सहयोग गर्न अनुरोध गर्दछु ।राहत सामग्रीमा चामल -२० केजि , दाल -२ केजि, खानेतेल- १ लिटर , नुन -१ केजि, आलु -२ केजि, प्याज-२ केजि, स्वायबिन -१ केजि, साबुन -२ पिस , हरियो तरकारी -५ केजि र लौका-१ पिस बितरण गरिएको प्रकाश थारुले जानकारी गराएका थिए ।



