निसुल्क आखा तथा दन्त शिबिर कार्यक्रम सम्पन्न, १३८ जनाको चेकजाच भएकोमा६०जनामा मोतिया बिन्दु ।

अजित भुजेल

बिरगंज , फागुन १५ गते शनिबार ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजना तथा मार्टिका आई फाउन्डेसन र बिरगंज डेन्टल क्लिनिक एन्ड ईम्पलान्ट सेन्टरको विशेष सहयोगमा निसुल्क आखा तथा दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।

ताराचन्द किशन लाल आधारभुत विद्यालय छपकैया-२ को प्राङ्गणमा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा निसुल्क आँखा तथा दन्त शिबिर सन्चालन भएको थियो भने सो कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , स्कुल व्यवस्थापन समितिका अध्यक्ष ताज मिया, मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी , बिरगंज डेन्ट्ल क्लिनिकका डा. रेयाजुल हक , पुर्व सहायक प्रधानाध्यापक बिधीचन्द्र सहनी , मिनाबजार सामुदायिक सेवा केन्द्रका सचिव ग्यासुदिन देवान , सामुदायिक सेवा केन्द्र छपकैया-२ का उपाध्यक्ष मो. अब्दुल हक , कोषाध्याक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , टीका प्रसाईं , अरुण गोयल , जेयाउल हक , प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङ,जेयाउल हक पछि , राईजिङ्ग बिरगंज नेपालका आरजु खान , तबरेज आलम , एमामुल हक , रोहन शर्मा लगायतका स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

आज भएको आँखा शिबिरमा ९० जना महिला र ४८ जना पुरुष गरि १३८ जनाले चेकजाँच गरेकोमा ६० जनामा मोतियाबिन्दु भएको र उनिहरुको केही दिनमा निसुल्क अप्रेसन गर्ने डा. धामीले जानकारी दिनुभयो ।त्यसैगरि आजै दन्त शिबिरमा १४ महिला र १९ पुरुष गरि ३३ जनाले चेकजाँच गरेको डा. रेयाजुल हकले बताउनु भयो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाहले र कार्यक्रम सन्चालन सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close