
बिरगंज , जेष्ठ २४ गते शनिबार ।
पर्सामा रगतको अभाव भएसङै लकडाउनमा पनि सामाजिक दुरि कायम गरि र रगतको अभाव हुन नदिनको लागी रक्तदान कार्यक्रम गर्ने सोचका साथ युवा नेता अकलेस साहले आफ्नो बार्षिक बैवाहिक जिवन को अवसरमा रक्तदान गर्ने घोषणा गरेका थिए ।
समाज परिवर्तन नेपालको आयोजना र बिरगंज महानगर पालिकाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।बिरगंज महानगर पालिका वडा न.१४ पिपरा स्थित नृसिंह माबीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १ महिला सहित ६१ जनाले रक्तदान गरेका थिए ।
सस्थाका अध्यक्ष अकलेस साहले रक्तदान गरि कार्यक्रमको सुभारम्भ गरेका थिए ।रक्तदान गर्नु हुनेहरुमा सृजना दाहाल , रन्जित चौरसिया, धर्मेन्द्र पटेल, जगरनाथ प्रसाद कलवार , सम्भु साह , राहुल साह , रुपेश साह , रोशन शरार्फ लगायतरक्तदान गरेको सस्थाका अध्यक्ष अकलेश साहले जानकारी गराएका थिए ।त्यसै गरि ३ महिना अगाडि बिरगंज वडा न.२३ प्रसौनी बिर्तामा पनि रक्तदान कार्यक्रम गरेको , यद सस्थाले जाडो मौसममा शितलहरीका बिरगंजका विभिन्न ठाउहरुमा गरिब , असहाय र खुल्ला आकाश मुनि जिवन बिताईरहेकालाई न्यानो कम्बल बितरण, लकडाउनको समयमा खाना खान नपाउने गरिब , असहाय , अतिबिपन्न र दैनिक ज्यालादारी गर्नेहरुका लागी राहत खाद्यान्न सामाग्री पनि बितरण गर्दै , कोरोना महामारी रोगबाट बच्न जनचेतना मुलक कार्यक्रमको साथै निसुल्क माक्स , हात धुने साबुन , पानी र सेनिटाईजर समेत बितरण गर्दै आईरहेको समेत बताए।
यसै गरि सस्थाले हरेक बर्ष कम्तिमा ३ पटक रक्तदान गर्ने सस्थाका अध्यक्ष साहले घोषणा समेत गर्नु भएको थियो ।



