
एथीना कंसल्टेंसी को संचालक ई. शुभम चौरसियाले १०० ग्रुप संस्था लाई एक दिन को खानाको सम्पुर्ण खर्च सहयोग गरेका छन।
१०० ग्रुप संस्थाहरुद्वारा सञ्चालित खाना बितरण कार्यक्रम सफल पार्न इ.चौरासीया ले आफ्नो ब्यक्तिगत तर्फ बाट रु ७००० राआर्थिक सहयोग गरेका छन् ।
वीरगञ्जमा विगत ४ हप्तादेखि लागेको निषेधाज्ञाबाट प्रभावित अतिविपन्न, गरिव र दैनिक ज्यालादारी गरेर आफ्नो जिविको पार्जन गर्नेहरुका लागि जारी राहत वितरण र नि:शुल्क भोजन अभियानका सञ्चालक सङ्घ संस्थाहरुलाई आर्थिक सहयोग गर्न जरुरी रहेको उनले बताएका छन ।
त्यसैगरी उनले आफ्नो स्तरबाट अन्य निषेधाज्ञा प्रभावितहरुलाई पनि खाद्यान्न वितरण गर्दै गरेको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




