दुर्गा पुजा समितीद्वारा रक्तदान कार्यक्रमको आयोजना

वीरगंज २४ जेठ ।
दुर्गा पुजा सेवा समिती रानीघाटले १३ औं पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ६ महिला सहित ७१ जनाले रक्तदान गरेका हुन । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका दुर्गा पुजा सेवा समिती रानीघाटका सल्लाहकार बिजय पौडेलले रक्तदातालाई जुस खुवाएर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बबिता ब्याहुत, उमा मानन्धर, सतिश सिंह, बिरेन्द्र साह, निरंजन साह, राजिव साह, संदिप साह, निरज गुप्ता, सदाशिव गुप्ता, हरेन्द्र चौधरी, नुरुल होदा, रामाकान्त साह, संदिप रौनियार, राजु गुप्ता, रबि गुप्ता, प्रमोद रौनियार, राज कुमार चौधरी, मनोज गुप्ता, साजन सिंह राजपुत, लखनसाह कानु, श्याम कलवार लगायतकाले रक्तदान गरेको रक्तसंचार केन्द्र पर्साका प्रमुख सौरभराज पाण्डेले बताउनु भयो ।

दुर्गा पुजा सेवा समितीका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । दिन प्रतिदिन रक्तसंचार केन्द्रमा रगतको अभाव देखीएका कारण रक्तदानको आयोजना गरिएको समितीका अध्यक्ष सिंहले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close