चेली कृषि सहकारी सस्थाद्वारा रक्तदान , १७ महिला सहित ७१ जनाले गरे रक्तदान ।

बिरगंज , जेष्ठ २५ गते आइतबार ।

रक्तदान जिवन दान , जिवनदान महादान भन्ने नाराका साथ लकडाउनक को नियम पालना गर्दै र कोभिड -१९ कोरोना भाईरसको कारण बिरगंजमा रगतको अभाव भए सङै रगतको कमि हुन नदिनको लागी चेली कृषि सहकारी सस्था लि. बिरगंज पर्साको आयोजनामा रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।चेली कृषि सहकारी सस्थाका अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डको संचालक सदस्य शम्भु गुप्ता रहनु भएको थियो ।

बिरगंजको रेलवे रोड स्थित मिथिला नगरमा आइतबार भएको रक्तदान कार्यक्रममा १७ महिला सहित ७१ जनाले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेल , सिएमसि पर्साका अध्यक्ष जिस्नु बराल, समाजसेबि राजकुमार घिमिरे , नारायणी एफएमका शिवनाथ यादव लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close