
बारा, कलैया ०३ असार बुधबार ।
काेराेना महामारीका बेला रगतकाे अभाव नहाेस् भन्ने उदेश्यका साथ बाराकाे सदरमुकाम कलैयामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
उपभोक्ता हित सरक्षण मंच कलैया उपमहानगर कमिटीले आयोजना गरेकाे रक्तदानमा ३० जनाले रक्तदान गरेका थिए ।
उपभोक्ता हित सरक्षण मंचका कलैयाका अध्यक्ष नरेश मोदककाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी, युवा संघका केन्द्रिय सचीव धुर्ब यादव, नेकपा का जिल्ला कमिटी सदस्य महानन्द यादव बिक्रम ठाकुर, युगाल किसोर सिह, उपभोक्ता मंचका सल्लाहकार अरुण खन्नाल, सदस्य शार्मा बैठा, बैदनाथ साह लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।
वर्तमान परिवेश मा रक्तको अभाव नहोस् भन्ने उदेश्य का साथ यो कार्याक्रमको आयोजना गरिएको मंच का नगर कमिटिका सचिव हरिओम साहले जानकारि दिनु भएको थियो ।




