मृतक माझी परिवारलाई सामाजिक अभियन्ताद्वारा खाद्यान्न सहयोग ।

वीरगञ्ज , भदौ २८ गते आइतबार ।

आर्थिक अभावका कारण बिष सेवन गरि मृत्यु भएको परिवारको बिचल्ली भएपछी मृतमका परिवारलाई सामाजिक अभियन्ताले सहयोग गरेका थिए ।

वीरगञ्ज–३१ बेल्वा टोलका मुसहर परिवारलाई सामाजिक अभियन्ता प्रकाश थारु र प्रेम घिमिरेले मुसहर परिवारको घरमै पुगि आइतबार बिहान खानेकुरा सहयोग गरेका थिए ।

आफ्नो खाजा खर्च काटेर मुसहर परिवारलाई तीन बोरा चामल, दुई लिटर खाने तेल, तीन किलो दाल, नुन दुई प्याकेट, नुहाउने साबुन २ पिस, लुगा धुने साबुन आधा दर्जन लगायतका समान प्रदान गरेका हुन् । परिवारमा चरम आर्थिक समस्या भएपछि बेल्वा टोलका ३० वर्षका युवक सतन माझीले गएको शुक्रबार विष सेवन गरेर आत्महत्या गरेका थिए र उपचारको क्रममा ईन्डो अस्पताल प्रा.लि.मा मृत्यु भएको थियो ।अस्पतालमा उपचाररत मृतकको लागेको खर्च भाईजान्स अफ बिरगंजको पहलमा माफ गराएका थिए ।त्यसै गरि शवलाई गाउसम्म पुर्याउनु भाईजान्सले एम्बुलेन्सको समेत व्यवस्था गरि सहयोग गरेको थियो ।

मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए । कोरोना महामारीका बेला बेरोजगार भइ परिवार पाल्न नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेका थिए ।

अरुको जमिनमा घर बनाइ बस्दै आएका माझीको श्रीमती, आमा र दुई छोराछोरी छन् । परिवारमा कमाउने माझीकै मृत्यु भएपछि उनको परिवारलाई खान समेत समस्या हुँदै आएको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै मुसहर परिवारलाई खानाको लागि भन्दै मृतक माझिकी श्रीमती रबिता देवीलाई खाद्यान्न सामग्री प्रदान गरेको समाजिक अभियन्ता प्रकाश थारुले  प्रहार डलीलाई जानकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close