ग्यालेक्सी युथ क्लबको पुर्नगठन तथा पदस्थापन सम्पन्न , अध्यक्षमा राजेश पटेल चयन ।

वीरगंज,असार ६ गते शनिबार ।

वीरगंज १४ पिपरमा रहेको ग्यालेक्सी युथ क्लबको आज पुर्नगठन एवं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २५ बर्ष पुरानो क्लबको अध्यक्षमा वीरगंजका चर्चित फुटबल खेलाडी राजेश पटेल चयन भएका छन । नेपाली काँग्रेसका नेता एवं समाजसेवी रामनारायण कुर्मीको प्रमुख आतिथ्यमा आज बिहान सम्पन्न भेलाले पटेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा बेदप्रकाश कुर्मी ,सचिवमा साजन कुमार पटेल, सहसचिवमा हरेराम पटेल, कोषाध्यक्षमा अमित पटेल, सदस्यहरुमा राजेश्वर कुमार पटेल , श्यामबाबु पटेल, अनुज पटेल, कासिम मियाँ अंसारी, नविन राम, सत्रुधन पटेल, आकाश पटेल, महिला सदस्य किरण पटेल रहेका छन । सो अवसरमा नृसिंग माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल,समाजसेवी हरी गौतम, नेकपाका युवा नेता अनिल पटेल,हरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close