रेडक्रस बलिया उपशाखा द्वारा पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण !

लम्की/ असार १९
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले कोरोना भाइरस कोभिड १९ को संकटको बेला अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरूलाई आज स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
उपशाखाले प्रत्येक पत्रकारलाई १ थान KN 95 मास्क, १५ थान सर्जिकल मास्क र एक सय एमएलको १ डिब्बा सेनिटाइजर अाज उपशाखा कार्यालय लम्कीमा आयोजित कार्यक्रममा वितरण गरेको हो । लम्कीचुहा नगरपालिकाका विभिन्न सञ्चारकर्मी तथा पत्रकारहरू , बर्दगोरिया गाउँपालिकाका संचारकर्मी तथा पत्रकार र सुखडका विभिन्न मिडिया हाउसमा कार्यरत २४ जना पत्रकारहरूलाई उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले कोरोना भाइरस कोभिड १९ मा जोखिम मोलेर जनतालाई सुचना दिने संचारकर्मी तथा पत्रकारहरूलाई थोरै भएपनि सहयोग होस् भन्ने उद्वेश्यले उक्त स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा बलिया उपशाखाका सचिव विनोद आचार्य , कोषाध्यक्ष प्रेमराज मुडभरी , उप कोषाध्यक्ष तथा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीका महाप्रबन्धक डम्बर बहादुर शाह , उपशाखाका सदस्यहरू नवराज बजगाई , विष्णुप्रसाद खनाल , देवानन्द न्यौपाने लगायतकाको सहभागीता रहेको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन हुनुभन्दा पहिलेदेखि नै लम्कीचुहा नगरपालिकामा १० हजारभन्दा बढी जनचेतनामुलक पर्चा पम्पलेट , विभिन्न सार्वजनिक ठाउँमा फलेक्स ब्यानर , लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री , क्वारेन्टाइन व्यवस्थापनका लागि कम्बल , मास्क , त्रिपाल , टुटी सहितका बाल्टीन लगायतका सामग्रीहरु वितरण गरिसकेको छ ।

त्यसैगरी उपशाखाले विभिन्न सहयोगीहरुले उपलब्ध गराएको कोरोना भाइरस कोभिड १९ का कारण बन्दाबन्दीले समस्या भएका वडा नं १ का ४९ घरपरिवार र वडा नम्बर २ का २ परिवार गरि ५१ परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिसकेको छ भने कोरोना भाइरसको पुर्व तयारी तथा प्रतिकार्यका लागि लम्कीचुहा नगरपालिकाक ७ वटा वडाका विभिन्न टोलमा सहयोगी कार्यदल समेत गठन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close