एउटा यस्तो देश जुन सगरमाथाको देश , बुद्धको जन्म भुमि देश , ताल तलैयाको देश, नदि र झरनाको देश , जडिबुटीको खानी भएको देश ,वीर गोर्खाको देश । तर भोलि अरु चिज त परै जाओस् नुन पाइन्छ कि पाइन्न भन्ने चिन्ता लागीरहेको छ ।
यो देश यस्तो अबस्थामा पुग्नुमा अरु हैन हामी नै दोषी हौ । किनकि हामि केही गलत नेताको गुनगान गर्न मात्र ब्यस्त भयौ।आफ्नो गुटकाे नलायक भ्रष्ट नेताको कमजोरीलाई ढाकछाेप गर्न ब्यस्त भयौ। आफनै पार्टीका भद्र र इमान्दार नेताको खुट्टा तान्न र पछार्न ब्यस्त भयौ। रास्तृयतामा आच आउन नदिने नेताको खैरो खन्न मात्र लाग्यौ।
जब सम्म म सुध्रिन्न , जब सम्म मैले गलतको बिरुद्धमा बोल्ने हिक्मत गर्दैन , लोभी पापी र भ्रष्टको खेदो खन्न शुरु गर्दिन , सहि र सत्यलाई साथ दिदिनं । म मात्र होइन मेरा अर्को पुस्ताले पनि भोलि नुन पाइन्छ कि पाईन्न भन्ने चिन्तामा डुबि रहनु पर्नेछ।
अब प्रश्न तपाइँ लाई: तपाइँ किन आफ्नो पार्टीको नेताले जे गरे पनि माैन बस्नु हुन्छ ? आफ्नो पार्टीको नेताले उल्टो उल्टो हुँदै नभएको कुरा लेख भन्दा किन हुन्न भन्न सक्नु हुन्न ? विपक्षी पार्टी र बिचारको भए कै कारण राम्रो कुराको पनि उफ्रि उफ्रि किन बिरोध गर्नु हुन्छ ?
सहि लाई सहि र गलत लाई गलत भन्ने आज बाट सबैले सुरुवात गराै र भोलिको नुनको ग्यारेन्टी गराै।धन्यवाद
सोशल मीडिया बाट साभार



