
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छप्कैया-२ बिरगंज पर्सामा १८ बर्ष माथीका व्यक्तिहरुलाई भेरोसिल भ्याक्सिन लगाउने गरेको छ ।
पुष २३ गते देखि २७ गते सम्म भेरोसिल भ्याक्सिन लगाउने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो। आज तेस्रो दिन ९८ जना महिला र ६९ जना पुरुष गरि जम्मा १६७ जनाले भेरोसिल खोप लगाएका थिए ।
दोस्रो दिन शनिबार ९३ महिला र ९० पुरुष गरि जम्मा १८३ जनाले पहिलो र दोस्रो खोप लागाएका थिए ।
पुष २३ गते देखि २७ गतेसम्म ५ दिन सम्म खोप कार्यक्रम हुने हुदा
खोपको लागि पहिचान खुल्ने परिचय पत्रका साथ उपस्थित हुन सम्पुर्ण जनमानसमा सामुदायिक अनुरोध गर्दछ।
आफ्नो प्रतिक्रिया दिनुहोस




