कोभिड एक्सन टिम (क्याट) को पहलमा नारायणी अस्पतालमा उपचारत बिरामीलाई नि : शुल्क खाना ।

वीरगंज , भदौ ०३ गते बुधबार ।

कोभिड एक्सन टिम (क्याट) को पहलमा नारायणी अस्पतालमा आज विहान वीरगंज १३ का युवाहरुले खाना खुवाएका छन् । नारायणी अस्पतालमा उपचारत खानाको समस्या भएका बिरामीहरुलाई युवाहरुले खाना खुवाएका हुन् ।

यस्तै आफुहरु साउन १ गतेदेखी नै वीरगंजमा खानाको समस्या भएकाहरुलाई खाना खुवाइरहेको वीरगंज १३ का वडाध्यक्ष तुफान अन्सारीले वताए । वीरगंजमा लामो समयदेखी जारी निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको लागि साउन १ गतेदेखी राधेमाईको रामजानकी मन्दिरमा आफुहरु खाना खुवाउदै आएपनि मंगलबार सांझदेखी जिल्ला समन्वय समिति पर्साको प्राङगणमा खुवाउन थालेको उनले जानकारी गराए ।

वडाका युवाहरुको सहयोगमा असहाय, गरिब, रिक्सा चालक, ठेला चालका लगायतकालाई खाना खुवाउदै आएको अन्सारीले वताए । यसै क्रममा क्याटका सदस्य तबरजे अहमदको आग्रहमा बुधबार विहान नारायणी अस्पतालमापनि खाना वितरण गरिएको उनले जनाए ।
वडाध्यक्ष अन्सारी सहित वीरगंज १३ का युवा राजकुमार महतो, संदिप यादव, अमिन मियाँ लगायतकाले असहायलाई खाना खुवाउदै आएका छन् ।

क्याटले मंगलबार वीरगंज बसपार्कमा अलपत्र परेका एक बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएको थियो । क्याटका सदस्य संजिव मिश्राको मोबाइलमा फोन आएपछि क्याट समुह त्यहाँ पुगी अलपत्र परेका बिरामीलाई नारायणी अस्पतालमा पुर्याएर भर्ना गराएको थियो ।

अस्पताल पुगेका हाम्रो समुहलाई ति बिरामी लगायत केहीलाई खानाको समस्या बारे थाह पाएपछि पहल गरिएको क्याटका सदस्य श्याम पटेलले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close