आज पाँचौ दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई  खाना खुवाउदै ।

बिरगंज , भदौ ०७ गते आइतबार ।

गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो  दिन पनि बिहान र बेलुकी दुबै समय  खाना खुवाएको छ ।

नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पस  एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना बितरण अभियान शुक्रवारबाट शुरु गरेको हो । संघले बिहान र बेलुका १५०/१५० जना खाना खुवाउने जनाएको छ ।

वीरगंजको ठाकुरराम क्याम्पस क्षेत्र, बसपार्क, पानीटंकी, लाठ गल्ली, पानगली, घण्टाघर, रानीघाटको क्षेत्रमा खानाको आवश्यकता बोध भएका घरपरिवार तथा असहायलाई खानाको प्याकेट वितरण गर्ने कार्य भइरहेको मनोज साहले जानकारी दिए।

खाना बितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल,अन्जन गुप्ता,राहुल शर्मा,बिकास कुमार साह, राजिव गुप्ता ,चन्दन सिंह र राजा गुप्ता लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए । संघले खास गरी रिक्सा चालक,ठेला चालक तथा गरिब असाहयलाई खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले प्रहार डेलीलाई बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close