
बिरगंज , भदौ १० गते बुधबार ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा स्वर्गीय पशुपति घोषको स्मारकमा झिलीमिलि बत्ति जडान गरेको छ ।
बिरगंजको आदर्शनगरका संरचनाकार स्वर्गीय पशुपति घोषको स्मृतिमा बनेको स्मारकलाई हरियो झिलमिल बत्तीले सुशोभित गरिएको ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले प्रहार डेलीलाई जानकारी गराएका थिए ।
निषेधाज्ञा अवधिमा केही न त केहि गर्नु पर्यो भनेर हामिले आदर्शनगर स्थित मुख्य चोकमा रहेको पशुपति घोषको शालिकमा झिलिमिली बत्ति जडान गरेका हौ , काम गर्नका लागि इच्छा शक्ति मात्र बलियो हुनु पर्दछ, अवसर र उचित समयको लागि पर्खिनु पर्दैन्। यी सबै काम नगर्नेहरुका बहाना भएको बताए ।
विगत पांच महिना लामो लकडाउनको अवधिमा पनि ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले ठाकुर राम क्याम्पसमा रहेको क्वारेन्टाइनको व्यवस्थापन, भोजन सेवा, अतिआवश्यक औषधी सेवा, निशुल्क इम्युनीटी बुस्टर औषधी वितरण,नालाको सरसफाइ, फुटपाथ र छाडा चौपाया नियन्त्रण व्यवस्थापन र लक डाउनमा नेपालमा अलपत्र परेका भारतीय नागरिकहरु लाई फिर्ता पठाउने कार्यमा सहजीकरण लगायतका विविध काम गर्दै आएको समेत अध्यक्ष खेतानले बताए ।



